जसपाको राष्ट्रिय एकताको महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ ३१, बिहिबार (१० महिना अघि)
  • ९७ पटक पढिएको
जसपाको राष्ट्रिय एकताको महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

जेठ ३१,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज अपराह्नदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दिउसो १२ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधवार अबेर राति भएको थियो। उम्मेदवारीमा दाबी विरोध र दाबी विरोध उपर निर्णय भइसकेको छ।

२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधवार मनोनयन दर्ता भएको थियो।

अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस