दुई सांसदको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको घोर आपत्ति !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३१, बिहिबार (१० महिना अघि)
  • १०७ पटक पढिएको
दुई सांसदको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको घोर आपत्ति !

जेठ ३१,काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए ।

‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’ सांसद केसीको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र सङ्कीर्ण सोच भएको हुने भन्ने कूतार्किक अभिव्यक्ति दिएको शिक्षामन्त्री श्रेष्ठले बताइन् ।

स्वतन्त्र सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधकाबारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रूपमा चित्रण गरेको भन्दै उनले आपत्ति जनाएकी हुन् । ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ,’ उनले लेखेकी छन्, ‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस