नेकपा एस

नेकपा एस महाधिवेशन : मतदाता नामावली आज प्रकाशन हुँदै

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ अषाढ ४, मंगलबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
नेकपा एस महाधिवेशन : मतदाता नामावली आज प्रकाशन हुँदै

असार ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ ।

#नेकपा एस

ताजा अपडेट

खोजी गर्नुहोस