झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारे

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ अषाढ ५, बुधबार (१० महिना अघि)
  • १६४ पटक पढिएको
झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारे

असार ५,काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।

रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो ।

एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस