गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती

शित्तल निवासपछि सानेपा पुगे प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १८, मंगलबार (९ महिना अघि)
  • १८४ पटक पढिएको
शित्तल निवासपछि सानेपा पुगे प्रधानमन्त्री प्रचण्ड

असार १८,काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको तस्वीर (फोटो) प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा मंगलवार पार्टी कार्यालय सानेपामा भएको फोटो प्रदर्शनीमा पुगेका प्रचण्डले सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए ।

आफूलाई पाखा पारेर कांग्रेस र नेकपा ९एमाले०ले सत्ता समीकरणमा हात बढाएको परिस्थितिका बाबजुद नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका प्रचण्ड सानेपा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँगै देखिएका हुन् ।

प्रदर्शनीमा स्व कोइरालाका जीवनीका आधारिक तस्वीरहरू राखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस