विश्वासको मत

प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न एमालेको ह्विप

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ २६, बुधबार (९ महिना अघि)
  • ९२ पटक पढिएको
प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न एमालेको ह्विप

असार २६, काठमाण्डौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार ह्विप जारी गरेका हुन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा सा‌सदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको बर्तौलाले बताए ।

नेपाली कांग्रेसले यसअघि नै प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले एक सातअघि संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् ।

# विश्वासको मत

ताजा अपडेट

खोजी गर्नुहोस