सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २७, बिहिबार (९ महिना अघि)
  • ११८ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

असार २७, काठमाण्डौँ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस