संसदमा प्रधानमन्त्रीले भने-‘कांग्रेस र एमालेलाई डर र भयले जोड्यो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (९ महिना अघि)
  • ८४ पटक पढिएको
संसदमा प्रधानमन्त्रीले भने-‘कांग्रेस र एमालेलाई डर र भयले जोड्यो’

असार २८,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।

सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस