सुदूरपश्चिमका तीन दलद्वारा मुख्यमन्त्री सोडारीको तत्काल राजीनामा माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २९, शनिबार (९ महिना अघि)
  • १११ पटक पढिएको
सुदूरपश्चिमका तीन दलद्वारा मुख्यमन्त्री सोडारीको तत्काल राजीनामा माग

असार २९,धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ ।  त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ ।’

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस