कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान मन्त्री बन्दै, गृह मन्त्रालय पाएनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • ८० पटक पढिएको
कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान मन्त्री बन्दै, गृह मन्त्रालय पाएनन्

असार ३१,काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीको शपथ लिन शीतल निवास गएका छन् । आफ्नो निवास चाक्सीबारीबाट शुभ साइत पारेर सिंह शपथका लागि निस्किएका हुन् ।

दौरा सुरुवालमा ठाँटिएका सिंह घरबाट निस्किँदा दायाँ बायाँ घडा राखिएको देखिन्छ । साथमा श्रीमती सिर्जना सिंहलाई लिएर सिंह शपथ ग्रहणमा निस्किएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएपछि मन्त्रीको शपथ हुनेछ । कांग्रेसबाट नेतृत्व गरेर सिंह ओली नेतृत्वको सरकारमा सहभागी हुँदैछन् ।

यद्यपी उनलाई गृह मन्त्रालय दिने विषय बाहिर आएको थियो । यो गठबन्धन निर्माण गर्न मुख्य भुमिका निर्वाह गरेका रमेश लेखकले गृह सम्हाल्नेछन् । यद्यपी सिंहले उपप्रधान पाएपछि सरकारको नेतृत्व गरेर जान मानेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस