राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • ११८ पटक पढिएको
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिए

असार ३१,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यसअघि उनि २०७८ असार २९ मा प्रधानमन्त्री पदबाट हटेका थिए ।

समारोहमा उपराष्ट्रपति राम सहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित छन् ।

प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ । समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस