सरकारलाई असफल हुने छुट छैन भन्दै ओलीले मन्त्रीहरुलाई दिए डेडलाइन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • ९१ पटक पढिएको
सरकारलाई असफल हुने छुट छैन भन्दै ओलीले मन्त्रीहरुलाई दिए डेडलाइन

असार ३१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।
२२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।
उनले भने, ‘छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्‍यो, परिणाम देखिनुपर्‍यो ।’
प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस