प्रधानमन्त्री ओलीबिरुद्धको रिटमा आज सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ९० पटक पढिएको
प्रधानमन्त्री ओलीबिरुद्धको रिटमा आज सुनुवाइ हुने

साउन ६,काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिने दिन नै न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।

आइतबारै दिउँसो १ बजे बस्ने संसद् बैठकमा ओलीले विश्वासको मत लिने कार्यतालिका छ। उनले विश्वासको मत लिइसकेपछि मात्रै रिटमा आदेश हुने सम्भावना देखिएको छ।

यसअघि शपथ लिएकै दिन तीन जना कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए। इजलासको अन्तिममा पेसी तोकिए पनि आजै सुनुवाइ हुने सम्भावना छ। यसअघि तीनवटा रिटको सुनवाइ सकिएपछि पालो आउने छ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने निर्णय संविधानसम्मत नभएको जिकिर गर्दै अधिवक्ताहरू खगेन्द्रप्रसाद चापागाईं, शैलेन्द्रकुमार गुप्ता र दीपक अधिकारी सर्वोच्च पुगेका हुन्।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस