साउन ७, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले मुख्यमन्त्रीसामु राजीनामा दिएका छन् ।
कर्णालीमा अहिले एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकार छ । मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको छ ।
#कर्णाली सरकार