विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १८, शुक्रबार (८ महिना अघि)
  • ६४ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

साउन १८, काठमाण्डौँ । सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदैछन् ।
प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए ।

मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

संघमा कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिममा पनि एमालेले असार २० प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए ।

यद्यपि मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ । किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ ।

# विश्वासको मत

ताजा अपडेट

खोजी गर्नुहोस