भ्रमण

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण १८, शुक्रबार (८ महिना अघि)
  • ९१ पटक पढिएको
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

साउन १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदै छ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

# भ्रमण

ताजा अपडेट

खोजी गर्नुहोस