निकै लामो कसरतपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी पूर्ण बनेको छ । पछिल्लो महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन भएकामा शुक्रबार (साउन १८ गते) २५१ जना थप गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।
आकांक्षी धेरै भएपछि ३४४ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी बनाएको हो । अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ । यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।
# केन्द्रीय कमिटी