प्रदेश सरकार

सुदूरपश्चिम : एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • ८० पटक पढिएको
सुदूरपश्चिम : एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने

साउन २१, काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

दलको निर्णयअनुसार प्रदेशसभा सदस्य मेघराज खड्का सामाजिक विकास मन्त्री र प्रदेशसभा सदस्य बहादुरसिंह थापा आर्थिक मामिला मन्त्रीको शपथ लिने भएका छन् ।

यस्तै प्रदेशसभा सदस्य सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्‌मा पठाउने निर्णय दलले गरेको छ ।
सोमबार साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् । सत्ता साझेदार नेकपा एमालेले भने यसअघि दीर्घ सोडारी मन्त्रिपरिषद्मा रहेकाहरूलाई नै मन्त्रीमा दोहोर्‍याउने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

#प्रदेश सरकार

ताजा अपडेट

खोजी गर्नुहोस