सरकारको विरोध गर्दा सभामुखको रुलिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • १०१ पटक पढिएको
सरकारको विरोध गर्दा सभामुखको रुलिङ

साउन २३,काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास विषयमा आफ्नो भनाई नराखी सरकारका कामहरूको आलोचना गरेपछि सभामुख घिमिरेले विषय केन्द्रित भएर बोल्न निर्देशन दिए ।

सांसद चौधरीले सरकारको आलोचना गर्दै भने, ‘सरकार रेमिट्यान्सको लोभमा फसेको छ, कन्सल्टेन्सीहरुलाई पैसा कमाउनु परेको छ । ३० जना श्रमिक मजदुरहरू साउदी अरबमा बन्दी भएर बस्नुपरेको छ, ती नेपालीलाई नेपाल फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दछु । यो सरकार संविधान विरोधी सरकार बन्न पुगेको छ । यसको सुरुवात मन्त्रीपरिषद् गठनदेखि सुरु भएको थियो । अहिले मन्त्रीपरिषद् गठनपछि पछिल्लो निर्णय गर्दा १८ देशमा राजदूत सिफारिस गर्दा र ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेरिँदा र मन्त्रालयमा २२ सचिवको सरुवा हुँदा एउटा पनि मधेसी, थारु, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’

सांसद चौधरीले यति बोलेपछि सभामुख घिमिरेले आकस्मिक समयमा के बोल्न चाहेको हो विषयमा केन्द्रित रहन गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस