गण्डकीमा भागबण्डा टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • १०६ पटक पढिएको
गण्डकीमा भागबण्डा टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई

साउन २३,काठमाडौँ । संघीय सरकारमा सत्ता समीकरण फेरबदल भएको एक महिना नाघिसक्दा पनि गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी नहुँदा सरकार बिस्तार अड्किएको छ । दुई दलले सरकार बिस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न बनेको कार्यदलले मन्त्रालयको संख्या र भागबण्डा टुंग्याउन नसकेको हो ।

कांग्रेस र एमालेबीच मन्त्रालयको संख्यामै सहमति जुट्न सकेको छैन । एमालेले भरसक मन्त्रालयको संख्या नबढाउने र बढाए पनि धेरै बनाउन नहुने अडान राखेको छ । कार्यदलको मंगलबार बसेको बैठकले मन्त्रालयको भागबण्डा र संख्या कति बनाउने भन्ने निर्णय गर्न नसक्दा नेतृत्वलाई नै सुम्पिने निष्कर्षमा पुगेका छन् ।

समीकरण जुनसुकै बेला पनि भत्किइहाल्यो भने अप्ठेरो पर्ने भएकाले कांग्रेसले फणिन्द्र देवकोटा र दिपक मनाङेलाई यसै पनि हटाउन चाहेको छैन भने उनीहरुलाई हटाउनै पर्ने अडान एमालेले पनि लिन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस