रविलाई मुकुलका ३ प्रतिप्रश्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • ९९ पटक पढिएको
रविलाई मुकुलका ३ प्रतिप्रश्न

साउन ३१,काठमाडौँ । मुकुलले रविलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर सोधेका छन् ।

उनले रविलाई दुईवटा राहदानी (पासपोर्ट) प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ? भनेर पनि मुकुलले प्रश्न गरेका छन् ।

अन्तिम प्रश्नमा मुकुलले भनेका छन्, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्नुहोस् ।’

‘का.स.मु. (कार्य सम्पादन मूल्यांकन) मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन ?’ मुकुलले भनेका छन्, ‘आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?’

ताजा अपडेट

खोजी गर्नुहोस