विश्वस्तरीय शिक्षा प्रदान गर्नेगरी नेपाल विश्वविद्यालय स्थापना गरिने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ भाद्र ६, बिहिबार (८ महिना अघि)
  • ६७ पटक पढिएको
विश्वस्तरीय शिक्षा प्रदान गर्नेगरी नेपाल विश्वविद्यालय स्थापना गरिने

भाद्र ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयहरूमा अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै उनले त्रिभुवन विश्वविद्यालयले २०८० सालमा सञ्चालन गरेका वार्षिक परीक्षाका २ लाख ४० हजार विद्यार्थीहरूको नतिजा प्रकाशन गरिसकेको बताए ।

साथै उनले समयमै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालयमा दैनिक १२ घण्टा काम गर्ने व्यवस्था गरिएको जानकारी दिए । २०८१ जेठ ४ भन्दा पछि सञ्चालित परीक्षाका उत्तर पुस्तिकाहरू परीक्षा नियन्त्रण कार्यालय पोखरा, विराटनगर, कैलाली र जनकपुरका क्षेत्रीय परीक्षा कार्यालयहरूबाट नै परीक्षण गराउने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस