नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, पदाधिकारी चयनबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • ७४ पटक पढिएको
नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, पदाधिकारी चयनबारे छलफल हुने

भाद्र १०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित भएका थिए । बाँकी १८ सदस्य पदाधिकारी चयन गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस