अपराधकर्मलाई छुट दिन सरकारले भन्दैन : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • ७६ पटक पढिएको
अपराधकर्मलाई छुट दिन सरकारले भन्दैन : प्रधानमन्त्री ओली

भाद्र १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट पारेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस