नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि चुनावी प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • ७८ पटक पढिएको
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि चुनावी प्रक्रिया सुरु

भाद्र १०, काठमाण्डौँ ।  नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छ। सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो। नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो। पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो। अन्तत: उनी पनि मतदानमा जान तयार भएका हुन्।

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो। केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन्। आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ। पोलिटब्युरो सदस्यको संख्या केही समयमा तय गरेपछि मनोनयन सुरू हुने निर्वाचन आयोगका सदस्य खेम पौडेलले बताए।

एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ। तर केन्द्रीय कमिटीको संख्या विधान भन्दा बढी भएको र मनोनित गर्न बाकी भएका कारण पोलिट्व्युरो सदस्यको संख्या यकिन नभएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस