नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र ११, मंगलबार (७ महिना अघि)
  • १७२ पटक पढिएको
नेकपा एकीकृत समाजवादीको  वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी

भाद्र ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि  निर्वाचन प्रक्रिया सुरु भएको छ । अहिले धमाधम मनोनयन भइरहेको छ ।

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।  वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन् ।

उपमहासचिवमा युवापुस्ताबाट केसीसहित चार जनाको उम्मेदवारी दर्ता
उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । चार उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट केसीको उम्मेदवारी परेको हो । केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् । सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए । यस्तै उपमहासचिवका लागि कोशी प्रदेशका पूर्व मुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उम्मेदवारी परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस