नेकपा एसको निर्वाचन : कुन पदमा क–कसको पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र ११, मंगलबार (७ महिना अघि)
  • ८९ पटक पढिएको
नेकपा एसको निर्वाचन : कुन पदमा क–कसको पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

भाद्र ११, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन् ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्बसम्मत चयन भएका छन् । स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुनेछ । असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले तीन पदमात्रै सर्वसम्मतीमा टुंग्याएको थियो । बाँकी १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार निर्वाचन गर्न लागेको हो ।

त्यसका लागि उम्मेदवारी दर्ता गर्दा एक वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी दर्ता भएको छ । महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ ।

CPN_US_-central-commiti_Schedule_2081-1724734635

ताजा अपडेट

खोजी गर्नुहोस