विरोध खतिवडा सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्यमा विजयी

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र १३, बिहिबार (८ महिना अघि)
  • ७९ पटक पढिएको
विरोध खतिवडा सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्यमा विजयी

भाद्र १३, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा विरोध खतिवडा सर्वाधिक मतका साथ विजयी भएका छन् । बिहीबार सार्वजनिक नतिजाअनुसार उनले २०१ पाएर विजयी भएका हुन् । त्यसपछि जीवनराम श्रेष्ठले १९५ मत पाएका छन् भने तेस्रोमा रमा आलेले १९४ मत पाउँदा रामकुमारी झाँक्रीले १८२ मत पाएकी छन् ।

निर्वाचनबाट ८४ जना पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् । एकीकृत समाजवादीको विधानअनुसार पदाधिकारीसहित पोलिटब्युरोमा १०५ जना निर्वाचित हुन्छन् । निर्वाचनबाट भने ८४ जना निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस