भाद्र १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको छ ।
प्रदेश सभापति प्रकाश विष्टले विज्ञप्ति जारी गर्दै बाहुनलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् ।
पार्टीको हित विपरित संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेको भन्दै उनलाई बर्खास्त गरिएको हो । यसअघि उनलाई भदौ १० गते ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई बर्खास्त गरिएको हो ।