विश्वासको मत

कोशी सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु पर्ने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ भाद्र १४, शुक्रबार (८ महिना अघि)
  • ९९ पटक पढिएको
कोशी सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु पर्ने

भाद्र १४, मोरङ । कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस आजदेखि सत्तापक्षमा र नेकपा माओवादी केन्द्र विपक्षमा बस्ने भएका छन् । प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार कांग्रेसले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ ।

त्यस्तै, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको पराजुलीले जानकारी दिए । केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए । यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखेर समर्थन फिर्ता लिएको हो ।

#विश्वासको मत

ताजा अपडेट

खोजी गर्नुहोस