पोलिटब्युरो बैठक

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ भाद्र १९, बुधबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

भाद्र १९, काठमाण्डौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ ।

#पोलिटब्युरो बैठक

ताजा अपडेट

खोजी गर्नुहोस