राष्ट्रिय सभा अन्तर्गतका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
राष्ट्रिय सभा अन्तर्गतका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने

भाद्र २६, काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले रिक्त दुई समितिको सभापति चयनका लागि निर्वाचन मिति तोकेका छन्।  विधायन व्यवस्थापन  समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायान समितिको सभापति चयनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबारका लागि निर्वाचनको मिति तय गरेका हुन्।

यसैगरी राष्ट्रिय सभाले समितिको सभापतिको निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार भदौ ३० गते बिहान १०:३० देखि १२ : ३० बजेसम्म राष्ट्रिय सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को सदस्यको समर्थनसहित राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम( २) बमोजिम प्रस्ताव दर्ता गर्ने कार्यक्रम छ।  यसैगरी सोही दिन अपरान्ह १ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसारको सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस