प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

असोज ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदै छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस