प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि वाणिज्य बैंकले दियो २ करोडकाे चेक

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ५४ पटक पढिएको
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि वाणिज्य बैंकले दियो २ करोडकाे चेक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । प्रधानमन्त्री ओलीले बैंकलाई धन्यवाद दिँदै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका गरेको सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

यसैवीच, बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बताए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस