मिनबहादुर गुरुङले दिएको जग्गामा एमाले पार्टी मुख्यालयको शिलान्यास

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन २५, शुक्रबार (६ महिना अघि)
  • ८९ पटक पढिएको
मिनबहादुर गुरुङले दिएको जग्गामा एमाले पार्टी मुख्यालयको शिलान्यास

असोज २५,काठमाडौँ । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता–कार्यकर्ताको उपस्थिति रहेको छ ।

एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराएका हुन ।

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस