संघीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या भयाे : मुख्यमन्त्री सिँह

संघीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या भयाे : मुख्यमन्त्री सिँह

कार्तिक १, बिरगन्ज ।   मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताए ।

उनले भने ‘मधेस प्रदेशमा करिब ६२ लाख जनसंख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, जसका कारण नीतिगत रुपमा काम गर्न सकेका छैनौँ ।’

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइवर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी संठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

उनले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी संठनलाई सक्दो सहयोग गरेकोसमेत बताए ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस