रवि लामिछाने पक्राउको विरोधमा आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्दै रास्वपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (६ महिना अघि)
  • ५७ पटक पढिएको
रवि लामिछाने पक्राउको विरोधमा आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्दै रास्वपा

कार्तिक ३,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।

पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरा पुगेका छन् ।

राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस