कार्तिक ३, काठमाण्डाैँ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई शुक्रवार राति पोखरा ल्याइएको छ ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीको भनाइ छ ।
शनिवार सार्वजनिक विदा परेका कारण लामिछानेलाई आईतवारमात्रै अदालतमा उपस्थित गराइने तयारी छ ।