‘देश विकास गर्ने हो भने राजनीतिक अस्थिरता हटाउनुपर्छ’ : पूर्व प्रधानमन्त्री नेपाल

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ कार्तिक ३, शनिबार (६ महिना अघि)
  • ७७ पटक पढिएको
‘देश विकास गर्ने हो भने राजनीतिक अस्थिरता हटाउनुपर्छ’ : पूर्व प्रधानमन्त्री नेपाल

कार्तिक ३, कञ्चनपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादका अध्यक्ष माधव कुमार नेपालले मौसमको परिवर्तन जस्तै नेपालको राजनीतिमा परिवर्तन भइरहेको बताएका छन् ।

राजनीतिक अस्थिरताका जागरण विकास निर्माण कार्य बिथोलिएको उनको भनाइ रहेको थियो । दोस्रो राष्ट्रिय रयापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिप २०८१ को उद्धाटन गर्दै नेता नेपालले देशमा विकास गर्ने हो भने राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताए । यसका लागि चेसमा बुद्धि लगाएजस्तै सबैले बुद्धि लगाउनु पर्ने उनको भनाइ रहेको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन र धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै प्रचार प्रसार र प्रवर्द्धन गर्न अवयस्क रहेको उनको भनाइ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस