एमालेले बोलायो सचिवालय बैठक, के-के छन् एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक ३, शनिबार (६ महिना अघि)
  • ७३ पटक पढिएको
एमालेले बोलायो सचिवालय बैठक, के-के छन् एजेण्डाहरु ?

कार्तिक ३, काठमाडौँ । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि साँझ ५ बजे बस्ने गरी बोलाइएको एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।

भोलिको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । लामिछाने पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो । शुक्रबार रविलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेर कास्की पुर्‍याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस