रवि लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • १०२ पटक पढिएको
रवि लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन

कात्तिक ६,काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरिएको छ । रास्वपाले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा चौथो दिन पनि प्रदर्शन गरेको हो ।

रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा पुर्‍याइएको थियो ।

लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद पनि थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस