रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक ९, शुक्रबार (५ महिना अघि)
  • ७८ पटक पढिएको
रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

कात्तिक ९,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। रास्वपाको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको हो।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको अभियोग छ। कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

रास्वपाले भने सरकारले बयान लम्ब्याएर रवि लामिछानेमाथि दुःख दिने नियत राखेको भन्दै उनको रिहाइको माग गर्दै प्रदर्शन काठमाडौंकेन्द्रित गर्ने रणनीति अघि सारेको छ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका थिए।

शुक्रबार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस