उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका दिए: मन्त्री प्रदीप यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक १०, शनिबार (५ महिना अघि)
  • ८५ पटक पढिएको
उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका दिए: मन्त्री प्रदीप यादव

कात्तिक १०,विरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका दिएको बताएका छन् ।

शनिबार पर्साक विन्दवासिनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जसपा नेपालको नेतृत्व अनैतिक देखिएको आरोप लगाएका हुन् । जसपा नेपाल विभाजनपछि भनेको नयाँ पार्टी जसपाका उपमहाचिवसमेत रहेका यादवले भने, ‘हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ । जसपा नै अबको विकल्प हो ।’

मन्त्री यादवले जसपामा भइरहेको विस्तारले पार्टी सङ्गठनात्मक रुपमा सुदृढ हुँद गएको पुष्टि हुने बताए ।

शनिबार विन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह तेलीसहित ४० जना जसपा नेपाल परित्याग गरी जसपामा प्रवेश गरेको जसपाले जनाएको छ । जसमा केही स्थानीय तहका जनप्रतिनिधि पनि छन् ।

‘यो केवल सुरुवात हो, हामी पर्सा र अन्य स्थानमा पनि यो अभियानलाई निरन्तरता दिनेछौँ’, पर्साबाट निर्वाचित सांसदसमेत रहेका यादवले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस