२८ महिनाको बाँकी वक्यौता रकम नतिरेसम्म उद्योगमा लाइन जोड्दैनौं

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०८१ कार्तिक ११, आईतबार (५ महिना अघि)
  • १४७ पटक पढिएको
२८ महिनाको बाँकी वक्यौता रकम नतिरेसम्म उद्योगमा लाइन जोड्दैनौं

कात्तिक ११,काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काटेको छ। विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ।

महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन जोडेको छैन। प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो।

तर उद्योगीहरूले समय अवधिमा महसुल नतिरेपछि लाइन काटेको छ। प्राधिकरणले किस्ताबन्दीमा महसुल बुझाउन छुट दिने भएको छ। त्यहीअनुसार ८ वटा उद्योगले विद्युत महसुल बुझाएका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २८ महिनाको बाँकी वक्यौता रकम नतिरेसम्म उद्योगमा लाइन नजोड्ने बताएका छन् ।

उद्योगको दाइन काटिएपछि घिसिङले भने यस्तो भनेका छन्– वक्यौता रकम नउठाएकाले निर्देशकलाई कारबाही गर्नुपर्छ भन्ने समेतको आरोप लागेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बाँकी वक्यौता रकम नउठाउने भनेका छैनौं। प्राधिकरणले उठाउन खोज्दा पटक–पटक माथिल्लो निकायबाट निर्देशन भएको अवस्था हो। अन्तिम पटक लाइन जोडेर सबैसँग छलफल गरौँ। तर उद्योगीहरू प्राधिकरणमा आउन भएन। प्राधिकरणको अन्तिम विकल्प भनेको उद्योगको लाइन काट्ने हो। लाइन काटेका छौं। यसको समाधान नभएसम्म र उद्योगी व्यवसायीहरूले अर्थात उद्योगले डेडिकेटेड र ट्रंकलाइनको २८ महिनाको बाँकी वक्यौता रकम नतिरेसम्म विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन जोड्दैनौं।

ताजा अपडेट

खोजी गर्नुहोस