रास्वपाको सडक प्रदर्शन दण्डनीय छ: पूर्ण बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक १४, बुधबार (५ महिना अघि)
  • ११० पटक पढिएको
रास्वपाको सडक प्रदर्शन दण्डनीय छ: पूर्ण बस्नेत

कात्तिक १४,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सहकारी संस्थाको बचत रकम दुरुपयोग गर्ने पीडक पक्षको सडक प्रदर्शन अपराधिक र दण्डनीय भएको बताएका छन् । जनताको अरबौं रकम लुट्ने ठगहरुको पक्षपोषण हुने गरी भीड, उत्तेजना र अराजकता प्रदर्शन गर्न कार्यको उनले निन्दा गरेका छन् ।

बस्नेतले भने, ‘यो मुलुकमा छताछुल्ल रुपमा सतहमा आइसकेका भ्रष्टाचार, ठगीलगायतका अनेकौं काण्डहरु लुकाउने गरिएको छ, सामसुम पारिएको छ । रास्वपा अन्य काण्डजस्तै आफ्नो सभापति जोडिएको सहकारीको मुद्दालाई राफसाफ पार्न चाहन्छ ।’ सडकमा भइरहेका अवाञ्छित गतिविधि अन्ततोगत्वा उसैलाई प्रत्युपादक हुने उनको तर्क रहेको छ ।

राज्य संयन्त्रकै लापरबाही र सरकारको उदासीनताले नै सहकारी संकट आज यो अवस्थामा पुगेको बताउँदै सहकारी रकम दुरुपयोगको विषयमा निष्पक्षरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस