प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २०, मंगलबार (५ महिना अघि)
  • ७३ पटक पढिएको
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

कात्तिक २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए । बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस