उपनिर्वाचनको तयारी गर्न एमालेले बोलायो सचिवालय बैठक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ६३ पटक पढिएको
उपनिर्वाचनको तयारी गर्न एमालेले बोलायो सचिवालय बैठक

कात्तिक २१,काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

एमालेले मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस