|प्रम दाहाल काठमाडौँ, १४ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा आयोजित ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
कार्तिक २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ । सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितिको बैठक गरेको माओवादीको दसैँ तिहार लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।
सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्ने गरी बोलाएको बताए ।
उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ । यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बचन भएका छन् ।