रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत दियो जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (५ महिना अघि)
  • ७० पटक पढिएको
रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत दियो जिम्मेवारी

कार्तिक २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको आज बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो । जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ ।

मधेस प्रदेशमा सांसद डा। चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस