रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (५ महिना अघि)
  • ५४ पटक पढिएको
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने

कार्तिक २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस